काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन

काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन : Icon Khabar

काठमाडौं, कार्तिक १४ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको जानकारी गराएका हुन् ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत गरेका कार्यहरू ७ दिनभित्र हटाइ सहयोग गरिदिनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको सूचनाद्वारा जानकारी गराइएको छ ।

Published Date: 31 October 2025




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न