४३ औँ नेपालभाषा साहित्य तःमुंज्यालाई सफल बनाउन करीब ४० कि.मीको बृहत साइकल -याली हुने

४३ औँ नेपालभाषा साहित्य तःमुंज्यालाई सफल बनाउन करीब ४० कि.मीको बृहत साइकल -याली हुने : Icon Khabar

भक्तपुर, असोज २२ । भक्तपुरको ल्यसिंख्यमा आगामी मिति २०८० साल कार्तिक ९ र १० गते हुने ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमलाई सफल पर्ने हेतुले तःमुंज्या साइकल -याली हुने भएको छ।

नेपालभाषा साहित्यको क्षेत्रमा “जनता म्वाःसा भाषा म्वाइ” भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पुर्याउने उद्वेश्यका साथ विगत ४३ वर्ष देखि नेपाल भाषा सहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम र अन्य गतिविधिहरू भक्तपुरका विभिन्न स्थानहरूमा बर्सेनि हुदैँ आएको छ।

सोहि अनुरुप यस वर्ष ४३औं नेपाल भाषा साहित्य सम्मेलन तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम भक्तपुरको भनपा ५, ल्यासिंख्य टोलमा २०८० कार्तिक ९ र १० गते बिहान ११ बजेदेखि दुई दिवसीय रूपमा हुन गइरहेको कुरा आयोजकले आइकन खबरलाई जानकारी गराएको हो।

साइकल -याली यहि असोज २७ गते शनिबारका दिन बिहान ६ बजे हुन लागेको छ। जसको लागि नाम दर्ता यहि असोज २५ गते बिहिबार सम्ममा गरिसक्नु पर्नेछ। साइकल यात्रा सुरुवात यस पटकको तःमुंज्या आयोजना हुने स्थान ल्यसिंख्यबाट हुनेछ।

-याली मार्ग (जम्मा दुरी ४० कि.मी) को रहनेछ जस अन्तर्गत भक्तपुरको तःमुंज्या ग्वसाखलः (ल्यसिंख्य) बाट सुरू भई जगाती, च्यामासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, तःमार, नासमना, भार्वाच्व, च्वङा गणेश, राधे राधे, शंखधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमी, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, न्युरोड गेट, बसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल हुँदै पाटन ध्वाका पुगिन्छ र त्यहाँ बाट न्याखचुक पुगी नेवाः समयबजि कार्यक्रम हुनेछ।

त्यसैगरी न्याखचुकबाट पाटन, बंगलामुखी, स्वथा, मंगलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, सिरूटार, चित्रपुर, गाम्चा, पाण्डुबजार, सुर्यविनायक, राममन्दिर, गःहिती हुँदै ल्यसिंख्य नै पुगी समापन हुनेछ।

साइकल -यालीमा सहभागी हुने इच्छुकले रू २०० को सहयोग गर्नुपर्नेछ र अनलाइन फारम भर्नुपर्नेछ। अनलाइन फारम भर्नका लागि लिंक https://docs.google.com/forms/d/e/1FAIpQLSevKB4i3v4_TBzX6lSOTdwGdyBBWa2YPmGyhUPad4iEVC7rzA/viewform 

गोर्खा इको प्यानलले प्रायोजन गरेको सो साइकल यात्राका लागि प्राविधिक सहयोग जुजु बाइक्सले गर्ने र त्यसैगरी सहयोगी संस्था साइकल कनेक्ट भक्तपुर हुने तःमुंज्याका आयोजकले आइकन खबरलाई जानकारी दिएको हो।

Published Date: 09 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु