१९ औँ एसियाली खेलकुदमा चीनको कीर्तिमान, जित्यो २०१ स्वर्ण

१९ औँ एसियाली खेलकुदमा चीनको कीर्तिमान, जित्यो २०१ स्वर्ण : Icon Khabar

काठमाडौँ, असोज २१ । आयोजक चीनले १९ औँ एसियाली खेलकुद (एसियाड)मा कीर्तिमान २०१ स्वर्ण जितेको छ ।

चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैँले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो ।

आइतबार कराँतेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा जारी १९ औँ एसियाडको सबै खेलको स्पर्धा सकिएको छ ।

जसमा चीनले सर्वाधिक २०१ स्वर्ण, १११ रजत र ७१ कांस्यसहित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । चीनले अन्तिम दिन आइतबार आर्टिस्टिम स्विमिङमा स्वर्ण जित्दै कुल २०१ स्वर्ण जितेको हो ।

यस्तै, जापान ५२ स्वर्ण, ६७ रजत, ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण, ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो ।

यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत र ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो ।

एक रजत र एक कांस्य जितेको नेपाल २ पदकसहित संयुक्त रुपमा ३३ औँ स्थानमा रह्यो । २०१८ मा इन्डोनेसियामा भएको १८ औँ एसियाडमा पनि नेपाल ३३ औँ स्थानमा रहेको थियो ।

यस पटक एसियाका ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका थिए । साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टेले भने कुनै पदक जित्न सकेन ।

अहिलेसम्मकै ठूलो एसियाडमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए । उनीहरूले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

जसमा चीनकी पौडीबाज युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन् । झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९ औँ एसियाडको मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) घोषित भए ।

१९ औँ एसियाडको समापन समारोह आइतबार बेलुका हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा रहेको बिग लोटस स्टेडियममा हुनेछ । समापन समारोह स्थानीय समय अनुसार बेलुका ८ बजे सुरु हुनेछ । समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि छ्याङ उपस्थित हुने कार्यक्रम छ ।

Published Date: 08 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु