१९ औँ एसियाली खेलकुदमा चीनको कीर्तिमान, जित्यो २०१ स्वर्ण

१९ औँ एसियाली खेलकुदमा चीनको कीर्तिमान, जित्यो २०१ स्वर्ण : Icon Khabar

काठमाडौँ, असोज २१ । आयोजक चीनले १९ औँ एसियाली खेलकुद (एसियाड)मा कीर्तिमान २०१ स्वर्ण जितेको छ ।

चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैँले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो ।

आइतबार कराँतेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा जारी १९ औँ एसियाडको सबै खेलको स्पर्धा सकिएको छ ।

जसमा चीनले सर्वाधिक २०१ स्वर्ण, १११ रजत र ७१ कांस्यसहित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । चीनले अन्तिम दिन आइतबार आर्टिस्टिम स्विमिङमा स्वर्ण जित्दै कुल २०१ स्वर्ण जितेको हो ।

यस्तै, जापान ५२ स्वर्ण, ६७ रजत, ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण, ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो ।

यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत र ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो ।

एक रजत र एक कांस्य जितेको नेपाल २ पदकसहित संयुक्त रुपमा ३३ औँ स्थानमा रह्यो । २०१८ मा इन्डोनेसियामा भएको १८ औँ एसियाडमा पनि नेपाल ३३ औँ स्थानमा रहेको थियो ।

यस पटक एसियाका ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका थिए । साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टेले भने कुनै पदक जित्न सकेन ।

अहिलेसम्मकै ठूलो एसियाडमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए । उनीहरूले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

जसमा चीनकी पौडीबाज युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन् । झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९ औँ एसियाडको मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) घोषित भए ।

१९ औँ एसियाडको समापन समारोह आइतबार बेलुका हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा रहेको बिग लोटस स्टेडियममा हुनेछ । समापन समारोह स्थानीय समय अनुसार बेलुका ८ बजे सुरु हुनेछ । समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि छ्याङ उपस्थित हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 October 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने