पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना

पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, असोज २१ । अहिले नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (आइतबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । यी तीन प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Published Date: 08 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता