बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ जना घाइते

बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ जना घाइते : Icon Khabar

रोम, असोज १७ । इटालीको भेनिसमा बस मंगलबार राति दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन् ।

अग्निशमनकर्ता र उद्धार दलले बसबाट शव निकालेका र आगो निभाएका थिए ।

भेनिसका एक अधिकारीका अनुसार युक्रेनीसहित विदेशी पर्यटक बोकेको बस मार्घेरा समुदाय रहेको स्थलतिर जाँदै गर्दा मेस्त्रे सहरको सडकमा दुर्घटना भएको थियो ।

भेनिसका अग्निनियन्त्रक टोली कमाण्डर माउरो लुओन्गोका अनुसार बसमा सवार यात्रुहरू आगोमा फँसेका थिए । दृश्य अति नै दर्दनाक थियो, बसबाट शव निकाल्न करिब एक घण्टा लागेको थियो ।

भेनिसको पुरानो तथा ऐतिहासिक सहरबाट नौ किलोमिटर उत्तर पश्चिममा भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको भेनिस सहरका अधिकारी रेनाटो बोरासोले जानकारी दिए । उनका अनुसार घाइतेलाई उपचारका लागि जिल्लाका विभिन्न पाँच अस्पतालमा पुर्‍याइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बस मेस्त्रेको रेल्वे ट्र्याक नजिकै दुर्घटनामा पर्दा केही तल खसी आगलागीसमेत भएको थियो ।

“यो अत्यन्त दुःखदायी हो, तर यो कसरी भयो भन्नेबारे थाहा पाउन कठिन छ”, भेनेटो क्षेत्रका गभर्नर लुका जाइयाले भने, “नयाँ र विद्युतीय बस तथा समस्यारहित सडक हुँदाहुँदै पनि भएको दुर्घटनाले त्रासदी फैलिएको छ ।”

Published Date: 04 October 2023


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु