नेपाल पुनर्बीमाको बोनस नेप्सेमा सूचीकृत

नेपाल पुनर्बीमाको बोनस नेप्सेमा सूचीकृत : Icon Khabar

काठमाडौं, असोज १७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सोही शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुकक्लोज गरेको थियो। कम्पनीले असोज ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुलाई सो दरमा बोनस शेयर वितरण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 October 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने