नेपाल पुनर्बीमाको बोनस नेप्सेमा सूचीकृत

नेपाल पुनर्बीमाको बोनस नेप्सेमा सूचीकृत : Icon Khabar

काठमाडौं, असोज १७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सोही शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुकक्लोज गरेको थियो। कम्पनीले असोज ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुलाई सो दरमा बोनस शेयर वितरण गरेको थियो।

Published Date: 04 October 2023