भोलि बिहिबारदेखि मनसुन विस्तारै बाहिरिने

भोलि बिहिबारदेखि मनसुन विस्तारै बाहिरिने : Icon Khabar

काठमाडौं, असोज १७ । नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । यसैबीच, मौसमविदहरुले असोज १८ गते बिहिबारदेखि मनसुन पश्चिमी क्षेत्रबाट विस्तारै बाहिरिने जनाएका छन् ।

जल तथा मौसम विभागले आज पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर मौसम सामान्य बदली रही कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

बुधबार राति देशभर मौसम सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा दाङको घोराहीमा सबैभन्दा धेरै वर्षा भएको छ । घोराहीमा ८७ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै भैरहवामा ५६ मिलिमिटर, काठमाडौंमा २१ दशमलव ५ मिलिमिटर र सिमरामा १८ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 October 2023
Website | + posts




ताजा
पोखराबाट देखिएको मनमोहक माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला ( फोटो फिचर )
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )