हेटौंडा, पुष २८। नेपाल मजदुर किसान पार्टी नेमकिपाकी सांसद सृजना सायजुले बागमती प्रदेशको सभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।
संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै उम्मेदवारी दर्ता गराएकी उनलाई नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइले प्रस्ताव गरेको छ भने गीता काफ्लेको समर्थन रहेको छ।
बागमती प्रदेशको पहिलो प्रदेश सभामा सायाजु नेमकिपाबाटै प्रदेश सांसदको रुपमा प्रतिनिधित्व गरेकी थिइन्।
Published Date: 12 January 2023
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1