नेप्से परिसूचक ४१ अंकले घट्यो

नेप्से परिसूचक ४१ अंकले घट्यो : Icon Khabar

काठमाडौं, पुष २८। सेयर बजारमा आज पनि ४१.०४ अंक घटेको छ। दोस्रो बजारमा २५२ कम्पनीको सेयर कारोबारमा आउँदा १८४ कम्पनीको सेयर मूल्य घटेको छ। यो संगै २१ कम्पनीको मूल्य बढेको र एक कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

आज मात्रै ८३ हजार ११३ कारोबार मार्फत एक करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार पुगेको छ ।

कालिका पावर कम्पनी, गुराँस लघुवित्त र बलेफी हाइड्रोका लगानीकर्ताले सेयर मूल्य क्रमशः ९ देखि ७ प्रतिशतसम्मले घटेको थियो । उच्च कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट, रिडी पावर र ङ्यादी ग्रुप पावर रहे । शिवम् सिमेन्टको २२ करोड २० लाख, रिडीको १७ करोड ८३ लाख र ङ्यादी ग्रुप पावरको १६ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो । तीव्र उतारचढावबीच आज नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा आएर बन्द भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 January 2023
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने