राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो १२.५० प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो १२.५० प्रतिशत लाभांश पारित : Icon Khabar

काठमाडौं, पुष २८। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत लाभांश र बोनस शेयर सहितको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ ।

साधरणसभाले चुक्ता पूँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैयाँ बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । यसपछि बैंकको कुल चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुनेछ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।

उनले बदलिदो परिवेश र ग्राहकको चाहना अनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिवृद्धि ल्याउन सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको बताए । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 January 2023
Website | + posts
ताजा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो
लिपुलेकमा नेपालको दाबी स्वीकार्य हुँदैन : भारत


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू