नेपाली कराते टोली बङ्गलादेश प्रस्थान

नेपाली कराते टोली बङ्गलादेश प्रस्थान : Icon Khabar

काठमाडौं, पुष २८ । बङ्गलादेशमा यही जनवरी १३ देखि सुरु हुने चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार बङ्गलादेश प्रस्थान गरेको छ ।

सो प्रतियोगितामा भाग लिन बुधबार बंगलादेश प्रस्थान गर्ने खेलाडीहरुमा राजनकुमार पाइजा, लक्ष्मण पुन, बिजल पाइजा, गणेश पाइजा, सीताराम लामा, अमृत लामा, तेजिन्द्र पाइजा, मन्दिप खड्का, देवकुमार तामाङ, श्री किशुन शाह, रामदास गोपाली, समित महर्जन, प्रेमप्रसाद नेपाल, पहलमान महर्जन, शम्भु नेपाली, पशुपति बुढा, बिनुमाया तामाङ र हेमा खड्काले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

टोलीलाई नेपाल कराते महासङ्घका कार्यवाहक दावा गुरुङले एक कार्यक्रमबीच बिदाइ गरेका थिए। नेपाल सितोरियो कराते सङ्घका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले नेतृत्व मा उक्त्र टोलि बङ्गलादेश प्रस्थान गरेको हो। टोलीको ब्यवस्थापकमा नेपाल सितोरियो कराते सङ्घका कार्यलय प्रमुख राजेन्द्रकुमार क्षेत्री, प्रशिक्षकमा रामकुमार थारु, रेफ्रीमा साइँला गमाल र अफिसियलमा पुष्पराज गिरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 January 2023
Website | + posts