नेपाली कराते टोली बङ्गलादेश प्रस्थान

नेपाली कराते टोली बङ्गलादेश प्रस्थान : Icon Khabar

काठमाडौं, पुष २८ । बङ्गलादेशमा यही जनवरी १३ देखि सुरु हुने चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार बङ्गलादेश प्रस्थान गरेको छ ।

सो प्रतियोगितामा भाग लिन बुधबार बंगलादेश प्रस्थान गर्ने खेलाडीहरुमा राजनकुमार पाइजा, लक्ष्मण पुन, बिजल पाइजा, गणेश पाइजा, सीताराम लामा, अमृत लामा, तेजिन्द्र पाइजा, मन्दिप खड्का, देवकुमार तामाङ, श्री किशुन शाह, रामदास गोपाली, समित महर्जन, प्रेमप्रसाद नेपाल, पहलमान महर्जन, शम्भु नेपाली, पशुपति बुढा, बिनुमाया तामाङ र हेमा खड्काले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

टोलीलाई नेपाल कराते महासङ्घका कार्यवाहक दावा गुरुङले एक कार्यक्रमबीच बिदाइ गरेका थिए। नेपाल सितोरियो कराते सङ्घका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले नेतृत्व मा उक्त्र टोलि बङ्गलादेश प्रस्थान गरेको हो। टोलीको ब्यवस्थापकमा नेपाल सितोरियो कराते सङ्घका कार्यलय प्रमुख राजेन्द्रकुमार क्षेत्री, प्रशिक्षकमा रामकुमार थारु, रेफ्रीमा साइँला गमाल र अफिसियलमा पुष्पराज गिरी छन्।

Published Date: 12 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय