सत्ता साझेदार दलको बैठक आज दिउसो ३ बजे

सत्ता साझेदार दलको बैठक आज दिउसो ३ बजे : Icon Khabar

काठमाडौँ, पुष २८। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आज दिउसो ३ बजे बालुवाटारमा सत्ता साझेदार दलको बैठक हुने जनाएको छ। मन्त्रिपरिषदलाई अघि बढाउने लगायतका विषयका बारेमा छलफल गर्न उक्त बैठक बस्न लागेको हो।

बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ । सत्ता साझेदार दलमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।

यसैबीच, आजै मन्त्रिपरिषद्को नियमित बैठक पनि राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ ।

Published Date: 12 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय