कारबाओ कपको क्वाटर फाइनल खेल सम्पन्न

म्यानचेस्टर सिटी क्वाटर फाइनलमा स्तब्ध

कारबाओ कपको क्वाटर फाइनल खेल सम्पन्न : Icon Khabar

इङ्गल्याण्ड, पुष २८। २०२२/२३ को कारबाओ कप अर्थात इ.एफ.एल कपको क्वाटर फाइनल खेल भर्खरै सम्पन्न भएको छ । गएराति भएको खेलमा नटिंगम फोरेस्टले वोल्भरह्याम्प्टनलाई पेनाल्टी-सुटआउटमा ४-३ ले हराएपछि नटिंगम फोरेस्टले सेमिफाइनलको स्थान सुरक्षित गरिएको छ । निर्णाएक ९० मिनेटको खेलमा १-१ को बराबरी पछि खेल पेनाल्टी-सुटआउटमा पुगेको थियो ।

यसैगरि गएरातिनै सम्पन्न भएको खेलमा साउथह्याम्प्टनले म्यानचेस्टर सिटीलाई २-० ले हराउन सफल भयो । यो हार सँगै सिटीको इ.एफ.एल. उपाधि जिन्ने योजना भंग भएको छ । म्यान्चेस्टर युनाइटेड र न्यूकासल युनाइटेडले भने आफ्नो सेमिफाइनलमा स्थान पक्का गराइसकेको छ । म्यान्चेस्टर युनाइटेडले चार्लटनलाई ३-० र न्यूकासल युनाइटेडले लेस्टर सिटीलाई २-० ले हराउदै आ-आफ्नो स्थान सेमिफाइनलमा सुरक्षित गरिएको थियो।

सेमिफाइनलमा भने साउथह्याम्प्टनले न्यूकासललाई र नटिंगम फोरेस्टले म्यान्चेस्टर युनाइटेडलाई सामना गर्नेछ । सेमिफाइनलको पहिलो राउन्ड २४ जनवरी र दोस्रो राउन्ड ३१ जनवरीमा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 January 2023
अमन गारु
+ posts