पाकिस्तानमा भएको बिस्फोटमा कम्तिमा ५२ जनाको मृत्यु

पाकिस्तानमा भएको बिस्फोटमा कम्तिमा ५२ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, असोज १२ । पाकिस्तानमा शुक्रबार भएको एक आत्मघाती बिस्फोटमा परी एक जना उच्च प्रहरी अधिकारीसहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

द डन समाचार पत्रका अनुसार बलोचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिदनजिकै सुरू हुन लागेको र्‍यालीमा आत्मघाती बिस्फोट भएको हो। बिस्फोटमा परी र्‍यालीमा खटेका मास्तुङका डिएसपीको पनि मृत्यु भएको छ।

बिस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

बिस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन।

Published Date: 29 September 2023


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु