भक्तपुर नगरपालिकाले संविधानको भावनाअनुसार समाजवादउन्मुख काम गरिरहेको छ: सुनिल प्रजापति

भक्तपुर नगरपालिकाले संविधानको भावनाअनुसार समाजवादउन्मुख काम गरिरहेको छ: सुनिल प्रजापति : Icon Khabar

भक्तपुर, असोज १२ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान र संघीयताको भावना अनुसार भक्तपुर नगरपालिकाले काम गरिरहेको बताए।

नेपाल र विभिन्न देशका नगरपालिकाहरुका प्रमुख, उप–उपप्रमुख तथा प्रतिनिधि मण्डललाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको सिद्धान्तलाई व्यवहारमा उतार्दै भक्तपुर नगरपालिकाले समाजवाद उन्मुख काम गरिरहेको बताए।

स्थानीय तह बलियो भए जनता बलिया हुन्छन् । हामी स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनु पर्छ भन्ने पक्षमा छौं । संघ र प्रदेशले विभिन्न नाउँमा स्थानीय तहको अधिकार खोस्दैछन् । त्यसमा हाम्रो आपत्ति छ– उनले भने।

उनले शिक्षा, स्वास्थ्य उपचार बाच्ने प्रयास गरिरहेका छौं भने।

युवाहरुलाई शिक्षासँगै हातमा सीप दिन नगरपालिकाले चिनियाँ भाषा, जापानी भाषा, डकर्मी, सिकर्मी, हेयर कटिङ्ग, कुक, सिलाई जस्ता विभिन्न विषयमा सीपमूलक तालिम दिइरहेको उनले जानकारी दिए।

भक्तपुर भ्रमणमा जनवादी गणतन्त्र चीनका Deputy Director Liu Hong, Foreign Affairs, Office of Zhenzhau Municipal People’s Government, Programme Officer Bohyun Kim, City Net Secretariat, Deputy Secretary Sun Huaiguo, General of the CPC Xian Municipal committee, मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङ्ग, जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, मानाङ्ग डिस्याङ गाउँपालिकाका उपप्रमुख छिरिङ्ग गुरुङ्ग, रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी र अमरगढी नगरपालिकाका उपप्रमुख पार्वती झुकाललगायतको सहभागिता रहेको थियो भने भ्रमण टोलीले दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ्ग कलेजलगायतका क्षेत्रहरुको अवलोकन भ्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 September 2023
Website | + posts