गुगलले भारतमा सुरु गर्‍यो भूकम्प जानुअघि सूचना दिने प्रणाली, हिन्दी भाषामै पूर्व चेतावनी पाउने

गुगलले भारतमा सुरु गर्‍यो भूकम्प जानुअघि सूचना दिने प्रणाली, हिन्दी भाषामै पूर्व चेतावनी पाउने : Icon Khabar

काठमाडौं, असोज १२ । भारतमा एन्ड्रोइड डिभाइसहरूमार्फत भूकम्पको सूचना दिने प्रणाली सुरू भएकाे छ । गुगलले भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) र राष्ट्रिय भूकम्प मापन केन्द्र (एनएससी) सँग सहकार्य गर्दै यो प्रणाली विकास गरेको हो ।

यस प्रणालीले फोनमा हुने एक्सेलेरोमिटर जस्ता सेन्सरलाई सिस्मोमिटरको रूपमा प्रयोग गरेर कम्पन्न पत्ता लगाउने बताइएको छ । त्यस्तै भूकम्प प्रभावित क्षेत्रका एन्ड्रोइड प्रयोगकर्ताले हिन्दी भाषामा नै पूर्व चेतावनी पाउनेछन् ।

गुगलका अनुसार यस प्रणालीले ‘वी अवेर’ र ‘टेक एक्सन’ गरी दुई प्रकारको सूचना दिनेछ । यस अन्तर्गत ४.५ म्याग्निच्युड वा सोभन्दा बढीको भूकम्प आउने बेला ‘वी अवेर’ भन्ने सूचना फोनको स्क्रिनमा पठाइन्छ ।

यदि फाेनमा ‘डु नट डिस्टर्ब’ वा ‘साइलेन्ट मोड’ अन छ भने कुनै आवाज निस्किँदैन । त्यस्तै ४.५ म्याग्निच्युडको भूकम्प आउनेवाला छ भने ‘टेक एक्सन’ भन्ने सूचना पठाइन्छ । यस्तो बेला भने फोनलाई ‘डु नट डिस्टर्ब’ वा ‘साइलेन्ट मोड’ राखे पनि आवाज निस्कन्छ । साथै के गर्ने भनेर सतर्कताका उपायहरू समेत फोनमा नै देखाइन्छ ।

‍धेरै एन्ड्रोइड फोनमार्फत भूकम्पीय गतिविधि निगरानी गर्ने भएकाले यस प्रणालीले सही सूचना दिने गुगलको दाबी छ । यद्यपि भूकम्पको पूर्वसूचना पाउन भने प्रयोगकर्तासँग एन्ड्रोइड फाइभ वा सोभन्दा माथिको फोन र वाई-फाई वा डेटा ‘अन’ हुनु पर्ने छ ।

त्यस्तै ती फोनहरूमा लोकेसन पनि अनिवार्य रूपमा ‘अन’ गर्नुपर्ने छ । योसँगै एन्ड्रोइड प्रयोगकर्ताहरूले सेटिङ>सेफ्टी एन्ड इमर्जेन्सी वा सेटिङ>लोकेसन>एड्भान्स>अर्थक्वेक अर्लट मार्फत यो प्रणाली ‘अन’ गर्न सक्नेछन् । गुगलले यसअघि नै भारतमा बाढीको पूर्व सूचना दिने एआई प्रणाली पनि ल्याएकाे थियाे ।

Published Date: 29 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी