गुगलले भारतमा सुरु गर्‍यो भूकम्प जानुअघि सूचना दिने प्रणाली, हिन्दी भाषामै पूर्व चेतावनी पाउने

गुगलले भारतमा सुरु गर्‍यो भूकम्प जानुअघि सूचना दिने प्रणाली, हिन्दी भाषामै पूर्व चेतावनी पाउने : Icon Khabar

काठमाडौं, असोज १२ । भारतमा एन्ड्रोइड डिभाइसहरूमार्फत भूकम्पको सूचना दिने प्रणाली सुरू भएकाे छ । गुगलले भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) र राष्ट्रिय भूकम्प मापन केन्द्र (एनएससी) सँग सहकार्य गर्दै यो प्रणाली विकास गरेको हो ।

यस प्रणालीले फोनमा हुने एक्सेलेरोमिटर जस्ता सेन्सरलाई सिस्मोमिटरको रूपमा प्रयोग गरेर कम्पन्न पत्ता लगाउने बताइएको छ । त्यस्तै भूकम्प प्रभावित क्षेत्रका एन्ड्रोइड प्रयोगकर्ताले हिन्दी भाषामा नै पूर्व चेतावनी पाउनेछन् ।

गुगलका अनुसार यस प्रणालीले ‘वी अवेर’ र ‘टेक एक्सन’ गरी दुई प्रकारको सूचना दिनेछ । यस अन्तर्गत ४.५ म्याग्निच्युड वा सोभन्दा बढीको भूकम्प आउने बेला ‘वी अवेर’ भन्ने सूचना फोनको स्क्रिनमा पठाइन्छ ।

यदि फाेनमा ‘डु नट डिस्टर्ब’ वा ‘साइलेन्ट मोड’ अन छ भने कुनै आवाज निस्किँदैन । त्यस्तै ४.५ म्याग्निच्युडको भूकम्प आउनेवाला छ भने ‘टेक एक्सन’ भन्ने सूचना पठाइन्छ । यस्तो बेला भने फोनलाई ‘डु नट डिस्टर्ब’ वा ‘साइलेन्ट मोड’ राखे पनि आवाज निस्कन्छ । साथै के गर्ने भनेर सतर्कताका उपायहरू समेत फोनमा नै देखाइन्छ ।

‍धेरै एन्ड्रोइड फोनमार्फत भूकम्पीय गतिविधि निगरानी गर्ने भएकाले यस प्रणालीले सही सूचना दिने गुगलको दाबी छ । यद्यपि भूकम्पको पूर्वसूचना पाउन भने प्रयोगकर्तासँग एन्ड्रोइड फाइभ वा सोभन्दा माथिको फोन र वाई-फाई वा डेटा ‘अन’ हुनु पर्ने छ ।

त्यस्तै ती फोनहरूमा लोकेसन पनि अनिवार्य रूपमा ‘अन’ गर्नुपर्ने छ । योसँगै एन्ड्रोइड प्रयोगकर्ताहरूले सेटिङ>सेफ्टी एन्ड इमर्जेन्सी वा सेटिङ>लोकेसन>एड्भान्स>अर्थक्वेक अर्लट मार्फत यो प्रणाली ‘अन’ गर्न सक्नेछन् । गुगलले यसअघि नै भारतमा बाढीको पूर्व सूचना दिने एआई प्रणाली पनि ल्याएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 September 2023
Website | + posts