असोज ११ १२ र १५ गते काठमाडौंका विभिन्न सडकमा सवारीसाधन चलाउन नपाइने (कारण सहित)

असोज ११ १२ र १५ गते काठमाडौंका विभिन्न सडकमा सवारीसाधन चलाउन नपाइने (कारण सहित) : Icon Khabar

काठमाडौं, असोज ९ । इन्द्रजात्राका कारण असोज ११ १२ र १५ गते काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सडकमा सवारीसाधन चलाउन नपाइने भएको छ ।

जसमा, बिहीबार (असोज ११ गते) बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेहुँदा ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ ।

शुक्रबार (असोज १२ गते) बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने हुँदा उक्त सडक प्रभावित हुने छ ।

यस्तै, असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेछ । जसले गर्दा उक्त क्षेत्रमा सवारी आगमन प्रभावित हुने भएकाले महानगरपालिकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 September 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने