असोज ११ १२ र १५ गते काठमाडौंका विभिन्न सडकमा सवारीसाधन चलाउन नपाइने (कारण सहित)

असोज ११ १२ र १५ गते काठमाडौंका विभिन्न सडकमा सवारीसाधन चलाउन नपाइने (कारण सहित) : Icon Khabar

काठमाडौं, असोज ९ । इन्द्रजात्राका कारण असोज ११ १२ र १५ गते काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सडकमा सवारीसाधन चलाउन नपाइने भएको छ ।

जसमा, बिहीबार (असोज ११ गते) बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेहुँदा ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ ।

शुक्रबार (असोज १२ गते) बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने हुँदा उक्त सडक प्रभावित हुने छ ।

यस्तै, असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेछ । जसले गर्दा उक्त क्षेत्रमा सवारी आगमन प्रभावित हुने भएकाले महानगरपालिकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो ।

Published Date: 26 September 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु