टाटाले भारतकै सबैभन्दा ठूलो आइपीओ जारी गर्ने

टाटाले भारतकै सबैभन्दा ठूलो आइपीओ जारी गर्ने : Icon Khabar

काठमाडौं, असोज ९ । भारतीय बहुराष्ट्रिय व्यापारिक समूह ‘टाटा ग्रुप’ का कम्पनीहरुको प्रवर्द्धक र प्रमुख लगानी होल्डिङ कम्पनी रहेको ‘टाटा सन्स’ ले भारतकै ठूलो आपीओ जारी गर्ने भएको छ ।

भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ ले टाटा सन्सलाई माथिल्लो तहको गैर बैंकिङ वित्तीय संस्थामा वगीकरण गरेपछि आइपीओ जारी गर्नुपर्ने भएको हो । टाटा सन्सले अब सन् २०२५ को सेम्टेम्बरभित्रमा आइपीओ जारी गरिसक्नुपर्ने हुन्छ ।

आरबीआईले टाटा सन्सलाई १४ सेप्टेम्बर २०२३ मा माथिल्लो तहको गैर बैंकिङ वित्तीय कम्पनीमा वर्गीकरण गरेको हो । आइबीआईको नियमावली अनुसार यस्ता कम्पनीहरुले ३ वर्षभित्र आइपीओ जारी गरी सेयर बजारमा सूचीकृत हुनुपर्छ ।

टाटा सन्सको कुल मूल्यांकन ११० खर्ब भारतीय रुपैयाँ (भारु) गरिएको छ । यसको ५% सेयर पब्लिकमा जारी गर्ने कम्पनीको तयारी छ । यसआधारमा हेर्ने हो भने टाटा सन्सले ५ खर्ब ५० अर्ब भारु बराबरको आइपीओ जारी गर्नुपर्ने हुन्छ ।

उक्त रकम बराबरको आइपीओ जारी भएमा टाटा सन्स भारतीय सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो आइपीओ हुनेछ ।हाल लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) अफ इन्डिया भारतको सबैभन्दा ठूलो आइपीओको रुपमा रहेको छ ।

एलआइसी इन्डियाले सन् २०२२ मे महिनामा हालसम्मकै ठूलो २ खर्ब १० अर्ब भारु बराबरको आइपीओ जारी गरेको थियो । टाटा सन्सको आइपीओको आकार एलआइसीको तुलनामा दोब्बर भन्दा ठूलो हुने देखिन्छ । टाटा सन्सले टाटा ग्रपका कम्पनीहरुमा अधिकांश सेयर हिस्सा ओगटेको छ ।

Published Date: 26 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी