टाटाले भारतकै सबैभन्दा ठूलो आइपीओ जारी गर्ने

टाटाले भारतकै सबैभन्दा ठूलो आइपीओ जारी गर्ने : Icon Khabar

काठमाडौं, असोज ९ । भारतीय बहुराष्ट्रिय व्यापारिक समूह ‘टाटा ग्रुप’ का कम्पनीहरुको प्रवर्द्धक र प्रमुख लगानी होल्डिङ कम्पनी रहेको ‘टाटा सन्स’ ले भारतकै ठूलो आपीओ जारी गर्ने भएको छ ।

भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ ले टाटा सन्सलाई माथिल्लो तहको गैर बैंकिङ वित्तीय संस्थामा वगीकरण गरेपछि आइपीओ जारी गर्नुपर्ने भएको हो । टाटा सन्सले अब सन् २०२५ को सेम्टेम्बरभित्रमा आइपीओ जारी गरिसक्नुपर्ने हुन्छ ।

आरबीआईले टाटा सन्सलाई १४ सेप्टेम्बर २०२३ मा माथिल्लो तहको गैर बैंकिङ वित्तीय कम्पनीमा वर्गीकरण गरेको हो । आइबीआईको नियमावली अनुसार यस्ता कम्पनीहरुले ३ वर्षभित्र आइपीओ जारी गरी सेयर बजारमा सूचीकृत हुनुपर्छ ।

टाटा सन्सको कुल मूल्यांकन ११० खर्ब भारतीय रुपैयाँ (भारु) गरिएको छ । यसको ५% सेयर पब्लिकमा जारी गर्ने कम्पनीको तयारी छ । यसआधारमा हेर्ने हो भने टाटा सन्सले ५ खर्ब ५० अर्ब भारु बराबरको आइपीओ जारी गर्नुपर्ने हुन्छ ।

उक्त रकम बराबरको आइपीओ जारी भएमा टाटा सन्स भारतीय सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो आइपीओ हुनेछ ।हाल लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) अफ इन्डिया भारतको सबैभन्दा ठूलो आइपीओको रुपमा रहेको छ ।

एलआइसी इन्डियाले सन् २०२२ मे महिनामा हालसम्मकै ठूलो २ खर्ब १० अर्ब भारु बराबरको आइपीओ जारी गरेको थियो । टाटा सन्सको आइपीओको आकार एलआइसीको तुलनामा दोब्बर भन्दा ठूलो हुने देखिन्छ । टाटा सन्सले टाटा ग्रपका कम्पनीहरुमा अधिकांश सेयर हिस्सा ओगटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 September 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने