दशैंका लागि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने, एक जनाले साढे १८ हजारसम्म साट्न पाउने

दशैंका लागि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने, एक जनाले साढे १८ हजारसम्म साट्न पाउने : Icon Khabar

काठमाडौं, असोज ९ । हरेक वर्ष जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले दसैं लक्षित नयाँ नोट वितरण गर्ने भएको छ ।

यसको लागी आन्तरिक तयारी सुरु गरेको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन गर्ने काम गरिरहेको छ ।

केन्द्रीय बैंकका अनुसार दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको छ । यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ ।

अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 September 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग