दशैंका लागि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने, एक जनाले साढे १८ हजारसम्म साट्न पाउने

दशैंका लागि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने, एक जनाले साढे १८ हजारसम्म साट्न पाउने : Icon Khabar

काठमाडौं, असोज ९ । हरेक वर्ष जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले दसैं लक्षित नयाँ नोट वितरण गर्ने भएको छ ।

यसको लागी आन्तरिक तयारी सुरु गरेको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन गर्ने काम गरिरहेको छ ।

केन्द्रीय बैंकका अनुसार दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको छ । यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ ।

अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।

Published Date: 26 September 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु