चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री लि छ्याङ

चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री लि छ्याङ : Icon Khabar

बेइजिङ, असोज ८ । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्।

हाल चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिनुभएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन्।

प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताए।

चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद रहेको प्रधानमन्त्री छ्याङले बताए।

उनले प्रधानमन्त्री दाहालले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्याउनुभएको उल्लेख गरे।

प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए।

हाल बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 September 2023
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो