काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सयको आवेदन

काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सयको आवेदन : Icon Khabar

काठमाडौँ, असोज ८ । काठमाडौँ महानगरपालिकाले आह्वान गरेको श्रम बैङ्कमा चार सय जना सिपयुक्त बेरोजगारको आवेदन परेको छ ।

महानगरपालिकाले सिप भएर पनि बेरोजगार भएका जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन गत भदौ पहिलो सातादेखि गरेको माग अनुसार सो सङ्ख्याको आवेदन परेको हो । आवेदन दिनेमा स्नातकोत्तर अध्ययन पूरा गरेकादेखि विभिन्न सिप तालिम लिएकासम्म रहेका छन् ।

महानगरपालिकाका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममार्फत नै महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार गत भदौदेखि महानगरले श्रम बैङ्कको आवेदन माग गरेको हो ।

श्रम बैङ्कमा आएका सिपयुक्त बेरोजगार जनशक्तिलाई सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा कामका लागि सूचीकरण गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसोबास भएको हुनुपर्ने छ । यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहजीकरण गर्ने काम गर्छ ।

कार्यविधिले गरेको व्यवस्था अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 September 2023
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो