काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सयको आवेदन

काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सयको आवेदन : Icon Khabar

काठमाडौँ, असोज ८ । काठमाडौँ महानगरपालिकाले आह्वान गरेको श्रम बैङ्कमा चार सय जना सिपयुक्त बेरोजगारको आवेदन परेको छ ।

महानगरपालिकाले सिप भएर पनि बेरोजगार भएका जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन गत भदौ पहिलो सातादेखि गरेको माग अनुसार सो सङ्ख्याको आवेदन परेको हो । आवेदन दिनेमा स्नातकोत्तर अध्ययन पूरा गरेकादेखि विभिन्न सिप तालिम लिएकासम्म रहेका छन् ।

महानगरपालिकाका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममार्फत नै महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार गत भदौदेखि महानगरले श्रम बैङ्कको आवेदन माग गरेको हो ।

श्रम बैङ्कमा आएका सिपयुक्त बेरोजगार जनशक्तिलाई सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा कामका लागि सूचीकरण गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसोबास भएको हुनुपर्ने छ । यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहजीकरण गर्ने काम गर्छ ।

कार्यविधिले गरेको व्यवस्था अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने छ ।

Published Date: 25 September 2023


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु