चीनमा जारी एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरियो

चीनमा जारी एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरियो : Icon Khabar

चीन, असोज ७ । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाली महिला र पुरुष दुवै टिम टिम इभेन्टको समूह चरणबाटै बाहिरिएका छन् ।

शनिबार यहाँ गोङ्सु नहर खेलकुद पार्क जिम्नेसियममा भएको खेलमा नेपाली महिला टोली भारतसँग ३–० गोलले पराजित भएको हो ।

नेपालकी सिक्का सुवाल भारतकी दिया पराग चितलेसँग ११-१, ११-६ र ११-८ ले पराजित भइन् भने नविता श्रेष्ठलाई अहिका मुखर्जीसँग ११-३, ११-७ र इभाना थापा मगर सुतीर्थ मुखर्जीसँग १-११, ५-११ र २-११ ले पराजित भइन् ।

यस्तै नेपाली पुरुष टोली पनि उत्तर कोरियासँग ३–० ले पराजित भएको थियो ।

सम्योग कपाली उत्तर कोरियाका खेलाडीसँग ७–११, ४–११ र ५–११ को सोझो सेटमा पराजित भएका थिए । अर्को खेलमा रुबिन महर्जनलाई ११–२, ११–६ र ११–२ को सोझो सेटमा पराजित गर्दै बिलोश श्रेष्ठ भारतसँग ८–११, २–११ र ३–११ को सोझो सेटमा पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 September 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न