चीनमा जारी एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरियो

चीनमा जारी एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरियो : Icon Khabar

चीन, असोज ७ । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाली महिला र पुरुष दुवै टिम टिम इभेन्टको समूह चरणबाटै बाहिरिएका छन् ।

शनिबार यहाँ गोङ्सु नहर खेलकुद पार्क जिम्नेसियममा भएको खेलमा नेपाली महिला टोली भारतसँग ३–० गोलले पराजित भएको हो ।

नेपालकी सिक्का सुवाल भारतकी दिया पराग चितलेसँग ११-१, ११-६ र ११-८ ले पराजित भइन् भने नविता श्रेष्ठलाई अहिका मुखर्जीसँग ११-३, ११-७ र इभाना थापा मगर सुतीर्थ मुखर्जीसँग १-११, ५-११ र २-११ ले पराजित भइन् ।

यस्तै नेपाली पुरुष टोली पनि उत्तर कोरियासँग ३–० ले पराजित भएको थियो ।

सम्योग कपाली उत्तर कोरियाका खेलाडीसँग ७–११, ४–११ र ५–११ को सोझो सेटमा पराजित भएका थिए । अर्को खेलमा रुबिन महर्जनलाई ११–२, ११–६ र ११–२ को सोझो सेटमा पराजित गर्दै बिलोश श्रेष्ठ भारतसँग ८–११, २–११ र ३–११ को सोझो सेटमा पराजित भए ।

Published Date: 24 September 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु