पाकिस्तानमा गरिबी करिब ४०% पुग्यो, आर्थिक अवस्था संकटग्रस्त

पाकिस्तानमा गरिबी करिब ४०% पुग्यो, आर्थिक अवस्था संकटग्रस्त : Icon Khabar

काठमाडौं, असोज ७ । आर्थिक संकटग्रस्त पाकिस्तानमा गरिबीको रेखाभन्दा तल रहेको जनसंख्या करिब ४०% पुगेको छ ।

विश्व बैंकको तथ्यांकअनुसार एक वर्षमै पाकिस्तानको गरिबी ३४.२% बाट बढेर ३९.४% पुगेको हो । आर्थिक संकटका कारण विगत १ वर्षमा मात्रै १ करोड २५ लाख जनसंख्या गरिबीको रेखाभन्दा तल गएको छ ।

यससँगै, पाकिस्तानमा गरिबीको रेखाभन्दा तल रहेको कुल जनसंख्या ९ करोड ५० लाख पुगेको विश्व बैंकको रिपोर्ट उल्लेख गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । यो जनसंख्याको दैनिक आम्दानी ३.६५ डलरको रेखाभन्दा कम रहेको हो ।

यता, पाकिस्तानको प्रतिव्यक्ति आम्दानी पनि दक्षिर्ण एसियाकै न्यून देखिएको छ भने विद्यालयबाट वञ्चित बालबालिकाको संख्या सबैभन्दा उच्च रहेको छ ।विश्व बैंकको अनुसार सन् २००० देखि २०२० सम्ममा पाकिस्तानको प्रतिव्यक्ति आम्दानीमा वृद्धि दर औसत १.७% देखिएको छ । जुन समग्र दक्षिण एसियाको औसत प्रतिव्यक्ति आम्दानी वृद्धिदर (४%) भन्दा निकै न्यून हो ।

पाकिस्तानले गम्भीर आर्थिक तथा मानव विकासको संकट भोगिरहेको विश्व बैंकले जनाएको छ । पाकिस्तानले समस्या समाधानका लागि आफ्ना नीतिहरुमा ठूलो परिवर्तन गर्नुपर्ने विश्व बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 September 2023
Website | + posts