पाकिस्तानमा गरिबी करिब ४०% पुग्यो, आर्थिक अवस्था संकटग्रस्त

पाकिस्तानमा गरिबी करिब ४०% पुग्यो, आर्थिक अवस्था संकटग्रस्त : Icon Khabar

काठमाडौं, असोज ७ । आर्थिक संकटग्रस्त पाकिस्तानमा गरिबीको रेखाभन्दा तल रहेको जनसंख्या करिब ४०% पुगेको छ ।

विश्व बैंकको तथ्यांकअनुसार एक वर्षमै पाकिस्तानको गरिबी ३४.२% बाट बढेर ३९.४% पुगेको हो । आर्थिक संकटका कारण विगत १ वर्षमा मात्रै १ करोड २५ लाख जनसंख्या गरिबीको रेखाभन्दा तल गएको छ ।

यससँगै, पाकिस्तानमा गरिबीको रेखाभन्दा तल रहेको कुल जनसंख्या ९ करोड ५० लाख पुगेको विश्व बैंकको रिपोर्ट उल्लेख गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । यो जनसंख्याको दैनिक आम्दानी ३.६५ डलरको रेखाभन्दा कम रहेको हो ।

यता, पाकिस्तानको प्रतिव्यक्ति आम्दानी पनि दक्षिर्ण एसियाकै न्यून देखिएको छ भने विद्यालयबाट वञ्चित बालबालिकाको संख्या सबैभन्दा उच्च रहेको छ ।विश्व बैंकको अनुसार सन् २००० देखि २०२० सम्ममा पाकिस्तानको प्रतिव्यक्ति आम्दानीमा वृद्धि दर औसत १.७% देखिएको छ । जुन समग्र दक्षिण एसियाको औसत प्रतिव्यक्ति आम्दानी वृद्धिदर (४%) भन्दा निकै न्यून हो ।

पाकिस्तानले गम्भीर आर्थिक तथा मानव विकासको संकट भोगिरहेको विश्व बैंकले जनाएको छ । पाकिस्तानले समस्या समाधानका लागि आफ्ना नीतिहरुमा ठूलो परिवर्तन गर्नुपर्ने विश्व बैंकको भनाई छ ।

Published Date: 24 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग