भारतीय बैंकिङ प्रणालीमा चरम तरलता अभाव, लगानीयोग्य रकम सन् २०१९ यताकै सबैभन्दा न्यून विन्दुमा

भारतीय बैंकिङ प्रणालीमा चरम तरलता अभाव, लगानीयोग्य रकम सन् २०१९ यताकै सबैभन्दा न्यून विन्दुमा : Icon Khabar

काठमाडौं, असोज ५ । भारतीय बैंकिङ प्रणालीमा चरम तरलता अभाव देखा परेको छ ।

भारतीय बैंकिङ प्रणालीको तरलता सेप्टेम्बर १८ मा १४ खर्ब ७० अर्ब भारतय रुपैयाँ (भारु) कम रहेको रोयटर्सले उल्लेख गरेको छ । भारतमा लगानीयोग्य रकम सन् २०१९ यताकै सबैभन्दा न्यून विन्दुमा झरेको हो । लगानीयोग्य रकम अभाव भएपछि भारतीय बैंकहरुले केन्द्रीय ‘बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ मार्फत १९ खर्ब ७० अर्ब रुपैयाँ कर्जा सुविधा लिएका छन् ।

भारतका कर्पोरेटहरुले गत साता अग्रीम कर भुक्तानी गरेका थिए । यस्तै,वस्तु तथा सेवा कर (जीएसटी) भुक्तानी गर्नुपर्ने समय बुधबार रहेको थियो । यी दुवै कारणले बैंकिङ प्रणालीबाट करिब २५ खर्ब भारु बाहिरिएको बैंकरहरुले अनुमान गरेका छन् ।भारतले अनिवार्य नगद अनुपात (सीआरआर) को सीमा बढाउँदा बैंकहरुको ठूलो रकम होल्ड भएर बसेको छ ।

यही समयमा अग्रीम कर र जीएसटी भुक्तानीका लागि ठूलो रकम बाहिरिएपछि तरलतामा गम्भीर दबाब परेको हो । यता, डलरको तुलनामा भारतीय रुपैयाँ अवमूल्यनमा परिरहेको छ । आरबीआईले मुद्रा अवमूल्यन रोक्न विनिमय बजारमा हस्तक्षेप गरेका कारण पनि तलरता संकट झन् गहिरिएको आइडीएफसी फर्स्ट बैंकका अर्थशास्त्री गौर सेन गुप्ताले बताएका छन् ।

यता, तरलतामा असर पर्न थालेपछि आरबीआईले बढाएको सीआरआरको सीमा तल झार्ने तयारी गरेको छ ।आरबीआईले अतिरिक्त सीआरआर अन्तर्गतको २५% रकम सेप्टेम्बर ३० मा र बाँकी ५०% रकम अक्टोबरमा निष्कासन गर्ने भएको छ । तरलता अभावका कारण भारतमा ओभरनाइट रेट बढेको छ । आगामी महिनादेखि सरकारी खर्च बढेर तरलता दबाब केही कम भएपनि भारतले सन् २०२३ भर न्यून तरलताको अवस्था सामना गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 September 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने