शुक्रबार सुनको भाउ प्रतितोला रू ४०० ले घट्यो

शुक्रबार सुनको भाउ प्रतितोला रू ४०० ले घट्यो : Icon Khabar

काठमाडौं, असोज ५ । सुनको भाउ लगातार ३ दिन घटेको छ ।

यो ३ दिनमा सुनको भाउ ९ सय रुपैयाँले घट्न पुगेको छ । जसमा बुधबार र बिहीबार सुनको भाउ क्रमशः २०० र ३०० रुपैयाँले घटेको थियो । त्यसैगरी आज शुक्रबार पनि ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर तोलाको १४ सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 22 September 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड