एनआईसी एशिया बैंकले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने

एनआईसी एशिया बैंकले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने : Icon Khabar

काठमाडौं, भदौ २९ । एनआईसी एशिया बैंकले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने भएको छ । २९ भदौ शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजारको २९ प्रतिशतले हुने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ बोसन सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.५३ प्रतिशतले हुने १३ करोड ६५ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपनि सेयरधनीमा वितरण हुनेछ । राष्ट्र बैंकले तोकेको प्राथमिक पूँजीकोष पुर्याउन नसक्दा आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश बाँड्न नपाएको बैंकले ३ वर्षपछि लाभांश बाँड्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2023
Website | + posts


ताजा
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
५ महिनाभित्र प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चार मन्त्री खरेलको निर्णय
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
कर्मचारीहरूले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु