नयाँ बानेश्वरमा सञ्चालनमा आयो दीपक-दीपाको आईएनआई सिनेमा हल

नयाँ बानेश्वरमा सञ्चालनमा आयो दीपक-दीपाको आईएनआई सिनेमा हल : Icon Khabar

काठमाडौं, भदौ २९ । थुप्रै सफल फिल्म निर्माण गरिसकेको अभिनेता तथा निर्माता दीपकराज गिरी,अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला तथा निर्मल शर्माको समुहले निर्माण गरेको सिनेमा आज शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

काठमाडौंस्थित नयाँ बानेश्वर चोकैमा आईएनआई सिनेमा हल सञ्चालनमा आएको हो । नयाँ वानेश्वरबाट शंखमुलतर्फ जाने मुख्य सडकमै रहेको यो हलको आज बिहानउद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले रिबन काटेर उद्घाटन गरेका छन् ।

दुई वटा पर्दा रहेको आइएनआई सिनेमा हलमा आजदेखि नेपाली फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) तथा ‘नाङ्गो गाउँ’ सँगै ‘जवान’ र ‘द नन् २’ प्रदर्शन गरिएको छ ।

यो सिनेमा हलको पहिलो पर्दामा १७७ तथा दोश्रोमा २ सय १० जना दर्शकले एकै पटक फिल्म हेर्न सक्छन् । यी दुई सिनेमा हल निर्माण गर्न करिब १० करोड रुपैयाँ खर्च गरिएको हल सञ्चालक मध्येका दीपकराज गिरीको भनाई छ ।

Published Date: 15 September 2023


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु