नयाँ बानेश्वरमा सञ्चालनमा आयो दीपक-दीपाको आईएनआई सिनेमा हल

नयाँ बानेश्वरमा सञ्चालनमा आयो दीपक-दीपाको आईएनआई सिनेमा हल : Icon Khabar

काठमाडौं, भदौ २९ । थुप्रै सफल फिल्म निर्माण गरिसकेको अभिनेता तथा निर्माता दीपकराज गिरी,अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला तथा निर्मल शर्माको समुहले निर्माण गरेको सिनेमा आज शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

काठमाडौंस्थित नयाँ बानेश्वर चोकैमा आईएनआई सिनेमा हल सञ्चालनमा आएको हो । नयाँ वानेश्वरबाट शंखमुलतर्फ जाने मुख्य सडकमै रहेको यो हलको आज बिहानउद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले रिबन काटेर उद्घाटन गरेका छन् ।

दुई वटा पर्दा रहेको आइएनआई सिनेमा हलमा आजदेखि नेपाली फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) तथा ‘नाङ्गो गाउँ’ सँगै ‘जवान’ र ‘द नन् २’ प्रदर्शन गरिएको छ ।

यो सिनेमा हलको पहिलो पर्दामा १७७ तथा दोश्रोमा २ सय १० जना दर्शकले एकै पटक फिल्म हेर्न सक्छन् । यी दुई सिनेमा हल निर्माण गर्न करिब १० करोड रुपैयाँ खर्च गरिएको हल सञ्चालक मध्येका दीपकराज गिरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2023
Website | + posts






ताजा
प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने हमासको घोषणा
आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढ्यो
भक्तपुरको हनुमन्ते खोला जलसतह सतर्कता तह आसपास रहेकोले सावधानी अपनाउन आग्रह
राष्ट्रिय पुस्कारका लागि किशोर कुमारसँग घुस मागेपछि……




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू