पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा : Icon Khabar

काठमाडौँ, भदौ २९ । पाकिस्तानविरुद्ध अन्तिम बलमा दुई रन लिन सफल भएपछि श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । गए राति साविक विजेता श्रीलंकाले डकवर्थ लुईस पद्दतिअनुसार पाकिस्तानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्‍यो । अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई आठ रन चाहिएको थियो । पाकिस्तानका जमान खानले अन्तिम ओभरका सुरुवाती चार बलमा दुई रन मात्रै दिएका थिए ।

त्यसपछिका दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । श्रीलंकाका चरिथ असलंकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्‍याए । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर २५२ रन बनाएको हो । अब श्रीलंकाले आइतबार भारतसककंग उपाधिका लागि खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने