पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा : Icon Khabar

काठमाडौँ, भदौ २९ । पाकिस्तानविरुद्ध अन्तिम बलमा दुई रन लिन सफल भएपछि श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । गए राति साविक विजेता श्रीलंकाले डकवर्थ लुईस पद्दतिअनुसार पाकिस्तानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्‍यो । अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई आठ रन चाहिएको थियो । पाकिस्तानका जमान खानले अन्तिम ओभरका सुरुवाती चार बलमा दुई रन मात्रै दिएका थिए ।

त्यसपछिका दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । श्रीलंकाका चरिथ असलंकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्‍याए । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर २५२ रन बनाएको हो । अब श्रीलंकाले आइतबार भारतसककंग उपाधिका लागि खेल्ने छ ।

Published Date: 15 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु