मिड सोलु हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

मिड सोलु हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने : Icon Khabar

काठमाडौँ, भदौ २९ । मिड सोलु हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई प्रतिकित्ता सय रुपैयाँका दरले ७ करोड ४८ लाख ४० हजार रुपैयाँको ७ लाख ४८ हजार ४ सय कित्ता सेयर निष्कासन गरेको छ ।

जसमा ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-३, ४, ५, ६, ७ र ११ का बासिन्दाका लागि रहेको छ । बाँकी १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा अन्य स्थानीयका लागि रहेको छ ।

यस्तै वैदेशिक रोजगारीमा जाने नेपालीका लागि ७४ हजार ८४० कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आईपीओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावितले भने उक्त अवधिमा सेयर नबिके भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीयले एनआइसी एसिया, लक्ष्मी सनराइज, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।

Published Date: 15 September 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु