मिड सोलु हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

मिड सोलु हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने : Icon Khabar

काठमाडौँ, भदौ २९ । मिड सोलु हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई प्रतिकित्ता सय रुपैयाँका दरले ७ करोड ४८ लाख ४० हजार रुपैयाँको ७ लाख ४८ हजार ४ सय कित्ता सेयर निष्कासन गरेको छ ।

जसमा ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-३, ४, ५, ६, ७ र ११ का बासिन्दाका लागि रहेको छ । बाँकी १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा अन्य स्थानीयका लागि रहेको छ ।

यस्तै वैदेशिक रोजगारीमा जाने नेपालीका लागि ७४ हजार ८४० कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आईपीओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावितले भने उक्त अवधिमा सेयर नबिके भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीयले एनआइसी एसिया, लक्ष्मी सनराइज, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने