एसियन गेम्समा सहभागी हुने टोलीलाई प्रधानमन्त्रीले गरे बिदाइ

एसियन गेम्समा सहभागी हुने टोलीलाई प्रधानमन्त्रीले गरे बिदाइ : Icon Khabar

काठमाडौं, भदौ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९औँ एसियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरूलाई बिदाइ गर्दै प्रधानमन्त्री प्रचण्डले घोषणा गरिएको पुरस्कार खेलाडीले नपाएको विषयमा आफूलाई जानकारी रहेको बताउँदै केही प्राविधधिक कारण र नीतिगत कारणले दिन नसकिएको बताए ।

उनले अहिले नियमावली बनेर अर्थमन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट पैसा निकासा हुने बताए ।

‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले आजसम्म पनि नपाएको भन्नेकुरा मलाई जानकारी छ । केही प्राविधधिक कारणले, केही नीतिगत कारणले ढिला हुन गएको म दुःख व्यक्त गर्न चाहन्छु । मैले नै खेलाडीलाई घोषणा गरेको पुरस्कार नियमावलीको अभावको कारण भनेर निकासमा समस्या परेको थियो, अहिले त्यो नियमावली बनेको छ । अर्थ मन्त्रालयबाट त्यसको स्वीकृत भएर आजै खेलकुद मन्त्रालयमा आइपुगेको छ, भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ’, प्रधानमन्त्रीले भने ।

Published Date: 14 September 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न