रू एक करोड भन्दा बढीको दुई किलो सुनको धुलो बरामद

रू एक करोड भन्दा बढीको दुई किलो सुनको धुलो बरामद : Icon Khabar

मुम्बई, भदौ २८ । सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोड रुपियाँभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।

मुम्बई भन्सार अधिकारीका अनुसार एक करोड पाँच लाख २७ हजार रुपियाँ बराबरको सुनको धुलो दम्पतीले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बरामद भएको हो । बरामद सुनको धुलो २४ क्यारेटको हो । आज (बिहीबार) अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

यसअघि केरलाको कोचिन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य रु ४० लाख पर्ने बताइएको छ ।

Published Date: 14 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु