स्पेनमा खडेरी, खडेरीको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने

स्पेनमा खडेरी, खडेरीको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने : Icon Khabar

काठमाडौँ, भदौ २८ । स्पेनले खडेरीका कारण उत्पादनमा कमी आएको भन्दै त्यसको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने बताएको छ । खडेरीका कारण यस वर्ष अन्नबाली, गेडागुडीलगायतका बाली उत्पादनमा स्पेनमा उल्लेख्य कमी आएको छ ।

स्पेनका कृषि, मत्स्य पालन खाद्यमन्त्री लुइस प्लानसले सामान्य उपभोग पूरा गर्न विदेशबाट २० देखि २१ लाख टन खाद्यान्न किन्नुपर्ने बताएका छन् ।

स्पेनमा खाद्यान्न उत्पादन यस वर्ष करिब ११ मिलियन टन हुने अपेक्षा गरिएको छ । जुन २०२२ को तुलनामा ४० प्रतिशत कम हो । मुख्यतया सिंचाईको लागि पानीको अभावका कारण स्पेनमा जौ उत्पादनमा वर्षैपिच्छे ३९ प्रतिशत, गहुँमा ३६ प्रतिशत र मकै उत्पादन २० प्रतिशतले घट्दै गएको तथ्यांकले देखाएको छ । जौको उत्पादन गत वर्षको तुलनामा ५५ प्रतिशतले कम छ भने मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले बढेको छ ।

स्पेन सरकारले २०२३ कृषि बीमाको इतिहासमा सबैभन्दा बढी नोक्शान भएको वर्षको रुपमा अनुमान गरेको छ । कुल क्षतिपूर्ति १ अर्ब युरोभन बढी हुनेछ, जसमध्ये करिव ४६ करोड युरो खडेरीले क्षति पुगेको बालिमा विनियोजन गरिने बताइएको छ ।

Published Date: 14 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग