स्पेनमा खडेरी, खडेरीको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने

स्पेनमा खडेरी, खडेरीको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने : Icon Khabar

काठमाडौँ, भदौ २८ । स्पेनले खडेरीका कारण उत्पादनमा कमी आएको भन्दै त्यसको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने बताएको छ । खडेरीका कारण यस वर्ष अन्नबाली, गेडागुडीलगायतका बाली उत्पादनमा स्पेनमा उल्लेख्य कमी आएको छ ।

स्पेनका कृषि, मत्स्य पालन खाद्यमन्त्री लुइस प्लानसले सामान्य उपभोग पूरा गर्न विदेशबाट २० देखि २१ लाख टन खाद्यान्न किन्नुपर्ने बताएका छन् ।

स्पेनमा खाद्यान्न उत्पादन यस वर्ष करिब ११ मिलियन टन हुने अपेक्षा गरिएको छ । जुन २०२२ को तुलनामा ४० प्रतिशत कम हो । मुख्यतया सिंचाईको लागि पानीको अभावका कारण स्पेनमा जौ उत्पादनमा वर्षैपिच्छे ३९ प्रतिशत, गहुँमा ३६ प्रतिशत र मकै उत्पादन २० प्रतिशतले घट्दै गएको तथ्यांकले देखाएको छ । जौको उत्पादन गत वर्षको तुलनामा ५५ प्रतिशतले कम छ भने मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले बढेको छ ।

स्पेन सरकारले २०२३ कृषि बीमाको इतिहासमा सबैभन्दा बढी नोक्शान भएको वर्षको रुपमा अनुमान गरेको छ । कुल क्षतिपूर्ति १ अर्ब युरोभन बढी हुनेछ, जसमध्ये करिव ४६ करोड युरो खडेरीले क्षति पुगेको बालिमा विनियोजन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2023
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो