चिकित्सक कुट्नेलाई कडा कारवाही गर्न रवि लामिछानेले गराए गृहमन्त्रीको ध्यानाकर्षण

चिकित्सक कुट्नेलाई कडा कारवाही गर्न रवि लामिछानेले गराए गृहमन्त्रीको ध्यानाकर्षण : Icon Khabar

काठमाडौं, भदौ २८ । हेटौंडाको सन्चो अस्पतालमा बुधवार बिहान गुण्डागर्दी शैलीमा प्रवेश गरेको एउटा एउटा अराजक भिडले दुई जना चिकित्सकमाथि गरिएको आक्रमणको चौतर्फी निन्दा भैरहेको छ ।

उक्त घटनामा संलग्न भएका आमा–छोरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । यद्यपि, हेटौंडाका चिकित्सकहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म काममा फर्किन नसकिने बताइरहेका छन् ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै यो घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनी लेख्छन्– ‘चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा हो । लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन ।’

‘त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गर्दछु, लामिछानेले लेखेका छन्– ‘चिकित्सक कुट्नेमाथि कडा भन्दा कडा कारवाही होस् । गृहमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2023
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो