चिकित्सक कुट्नेलाई कडा कारवाही गर्न रवि लामिछानेले गराए गृहमन्त्रीको ध्यानाकर्षण

चिकित्सक कुट्नेलाई कडा कारवाही गर्न रवि लामिछानेले गराए गृहमन्त्रीको ध्यानाकर्षण : Icon Khabar

काठमाडौं, भदौ २८ । हेटौंडाको सन्चो अस्पतालमा बुधवार बिहान गुण्डागर्दी शैलीमा प्रवेश गरेको एउटा एउटा अराजक भिडले दुई जना चिकित्सकमाथि गरिएको आक्रमणको चौतर्फी निन्दा भैरहेको छ ।

उक्त घटनामा संलग्न भएका आमा–छोरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । यद्यपि, हेटौंडाका चिकित्सकहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म काममा फर्किन नसकिने बताइरहेका छन् ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै यो घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनी लेख्छन्– ‘चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा हो । लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन ।’

‘त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गर्दछु, लामिछानेले लेखेका छन्– ‘चिकित्सक कुट्नेमाथि कडा भन्दा कडा कारवाही होस् । गृहमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

Published Date: 14 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु