सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट : Icon Khabar

काठमाडौं, भदौ २८ । बिहीबार सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो।

इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो।

निष्काशन अवधिमा इन्स्योरेन्सको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १४ लाख ७ हजार २३७ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार ९ लाख आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको शेयर प्राप्त गरेका छन्।

Published Date: 14 September 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न