भारतमा खाद्यान्नकाे मूल्य उच्च, यसकाे सिधै असर नेपालमा देखिने

भारतमा खाद्यान्नकाे मूल्य उच्च, यसकाे सिधै असर नेपालमा देखिने : Icon Khabar

काठमाडौँ, भदौ २७ । भारतमा दाल, चामल लगायतका खाद्यान्नकाे मूल्य उच्च हुन थालेपछि यसकाे असर पनि नेपालमा देखिने भएकाे छ।

यसअघि नै भारतले उसिना र बासमती चामल निर्यातमा राेक लगाएकाे छ भने चिनी लगायतका अत्यावश्यक वस्तु पनि निर्यात राेक्न छलफल चलिरहेकाे छ।

वर्षमा ४० अर्ब हाराहारीकाे धान, चामल भारत नेपालले आयात गर्छ। यस्तै, चिनीमा पनि नेपाल भारतमाथि निर्भर छ। अत्यावश्यक दाल पनि नेपालले भारत लगायतका मुलुकबाट आयात गर्ने गरेकाे छ। भारतकाे बजार महंगाे हुँदा यसकाे असर सिधै नेपाली बजारमा पनि देखिन्छ।

भाउ स्थिर राख्न चामल, दाल र चिनीको निर्यातमा प्रतिबन्ध लगाउने

चामल, दाल र चिनीको मूल्य स्थिर राख्न भारतले निर्यातमा रोक लगाएको छ। दालको माग पूरा गर्न आयात दोब्बर गरिएको छ। भारतले खरीप सिजनमा १६ करोड मेट्रिक टन उत्पादन हुने अनुमान गरेको छ । तर, बालीमा क्षति नभई कम वर्षाले नोक्सान भइरहेको अवस्थामा मात्रै यो सम्भव हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2023
Website | + posts