भारतमा खाद्यान्नकाे मूल्य उच्च, यसकाे सिधै असर नेपालमा देखिने

भारतमा खाद्यान्नकाे मूल्य उच्च, यसकाे सिधै असर नेपालमा देखिने : Icon Khabar

काठमाडौँ, भदौ २७ । भारतमा दाल, चामल लगायतका खाद्यान्नकाे मूल्य उच्च हुन थालेपछि यसकाे असर पनि नेपालमा देखिने भएकाे छ।

यसअघि नै भारतले उसिना र बासमती चामल निर्यातमा राेक लगाएकाे छ भने चिनी लगायतका अत्यावश्यक वस्तु पनि निर्यात राेक्न छलफल चलिरहेकाे छ।

वर्षमा ४० अर्ब हाराहारीकाे धान, चामल भारत नेपालले आयात गर्छ। यस्तै, चिनीमा पनि नेपाल भारतमाथि निर्भर छ। अत्यावश्यक दाल पनि नेपालले भारत लगायतका मुलुकबाट आयात गर्ने गरेकाे छ। भारतकाे बजार महंगाे हुँदा यसकाे असर सिधै नेपाली बजारमा पनि देखिन्छ।

भाउ स्थिर राख्न चामल, दाल र चिनीको निर्यातमा प्रतिबन्ध लगाउने

चामल, दाल र चिनीको मूल्य स्थिर राख्न भारतले निर्यातमा रोक लगाएको छ। दालको माग पूरा गर्न आयात दोब्बर गरिएको छ। भारतले खरीप सिजनमा १६ करोड मेट्रिक टन उत्पादन हुने अनुमान गरेको छ । तर, बालीमा क्षति नभई कम वर्षाले नोक्सान भइरहेको अवस्थामा मात्रै यो सम्भव हुनेछ।

Published Date: 13 September 2023


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली