नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह सम्पन्न

नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह सम्पन्न : Icon Khabar

काठमाडौँ, पुष २६। जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत शनिबार काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह सम्पन्न गरेको छ । वर्ष सकिएको सात दिन भित्रै सन् २०२२ को जनवरी देखि डिसेम्बर अन्तिम सम्म रू ३७,९२,३०० प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।

कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सबैलाई स्वागत गरेका थिए । अभिकर्ताहरुको चौतर्फी विकाशका निम्ति कम्पनी निकै नै संबेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए।

नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पुर्णिमा श्रेष्ठले कार्यक्रममा आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरहरुको सम्बन्धमा प्रकाश पर्नु पारेका थिए। कार्यक्रममा बोल्दै श्रेष्ठले मान्छेले प्रगती गर्नका निम्ति आफु संगै प्रतिस्पर्धा गर्नु पर्ने र आफ्नो सीप विकाशमा सदैब दत्तचित्त भएर लाग्नु पर्ने कुरा बताए।

कार्यक्रमको समापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालल कार्यक्रममा सम्मानित हुने अभिकर्ता महानुभावहरुलाइ लाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

साथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

Published Date: 10 January 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै