भक्तपुरमा खोप सम्बन्धी सूक्ष्म कार्ययोजनाबारे कार्यशाला गोष्ठी सम्पन्न

भक्तपुरमा खोप सम्बन्धी सूक्ष्म कार्ययोजनाबारे कार्यशाला गोष्ठी सम्पन्न : Icon Khabar
तस्बिर: भक्तपुर नगरपालिका

भक्तपुर पुष, २५। भक्तपुरमा सोमबार खोप सम्बन्धी सूक्ष्म कार्ययोजनाबारे कार्यशाला गोष्ठी सम्पन्न भयो। ख्वप अस्पतालले आयोजना गरेको सो गोष्ठीको समापन भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भएको हो। मेयर प्रजापतिले कुनै पनि बालबालिका खोपबाट बञ्चित नहोस् भन्ने उद्देश्यले खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताए।

सरकारबाट निःशुल्क रुपमा प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा नपाएर धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउन परिरहेको यथार्थ प्रस्तुत गर्दै उनले स्वास्थ्य संस्थाहरु व्यापक जनताको सेवाको निम्ति सञ्चालन हुनुपर्ने बताए । उक्त कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले स्वास्थ्य संस्थाको कार्यक्षेत्रभित्रको आधारभूत जानकारी प्रस्तुत गर्दै खोप कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्यहरुमाथि प्रष्ट पारेका थिए।

गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुरमा हाल ८० प्रतिशत मात्र पूर्ण खोप लगाएको अवस्था रहेको बताउँदै शत प्रतिशत खोपको सुनिश्चितता हाम्रो योजना हो भनेका थिए। त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले खोप कार्यक्रमको उपलब्धीहरुमाथि चर्चा गर्दै खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा पुर्याउने र सो कायम गर्ने योजना रहेको बताए।

Published Date: 09 January 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै