ब्रोकर कमिसन घटाउने बोर्डको तयारी

ब्रोकर कमिसन घटाउने बोर्डको तयारी : Icon Khabar

काठमाडौं, भदौ २४ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने तयारी गरेको छ । बोर्डले कमिसन घटाएको ६ महिना नबित्दै फेरि ब्रोकर कमिसन घटाउने तयारी गरेको हो ।

यसका लागि बोर्डले आन्तरिक छलफल शुरु गरिसकेको छ । सेयर बजारमा कारोबार रकम र अनलाइमार्फत्को कारोबार बढ्न थालेपछि ब्रोकर कमिसन घटाउने छलफल शुरु गरिएको बताएको छ ।

यसअघि बोर्डले गत पुस पहिलो सातामा ब्रोकर कमिसन घटाएको थियो । उक्त समयमा दैनिक ६/७ अर्ब रुपैयाँको कारोबार ३ साता अघि आइपुग्दा दैनिक १९ अर्ब रुपैयाँ बढीसम्म कारोबार भएको थियो । अहिले बजार घटेको भए पनि पुनः कारोबार बढेमा ब्रोकर कमिसन घटाउने प्रक्रिया बोर्डले शुरु गर्ने जानकारी दिए ।

सेयर ब्रोकर कमिसन बढी भएको गुनासो विभिन्न सरोकारवालाहरुबाट आएको कारणले सोमा अध्ययन गरी कमिसन घटाउने तयारीमा बोर्ड रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 September 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट