ब्रोकर कमिसन घटाउने बोर्डको तयारी

ब्रोकर कमिसन घटाउने बोर्डको तयारी : Icon Khabar

काठमाडौं, भदौ २४ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने तयारी गरेको छ । बोर्डले कमिसन घटाएको ६ महिना नबित्दै फेरि ब्रोकर कमिसन घटाउने तयारी गरेको हो ।

यसका लागि बोर्डले आन्तरिक छलफल शुरु गरिसकेको छ । सेयर बजारमा कारोबार रकम र अनलाइमार्फत्को कारोबार बढ्न थालेपछि ब्रोकर कमिसन घटाउने छलफल शुरु गरिएको बताएको छ ।

यसअघि बोर्डले गत पुस पहिलो सातामा ब्रोकर कमिसन घटाएको थियो । उक्त समयमा दैनिक ६/७ अर्ब रुपैयाँको कारोबार ३ साता अघि आइपुग्दा दैनिक १९ अर्ब रुपैयाँ बढीसम्म कारोबार भएको थियो । अहिले बजार घटेको भए पनि पुनः कारोबार बढेमा ब्रोकर कमिसन घटाउने प्रक्रिया बोर्डले शुरु गर्ने जानकारी दिए ।

सेयर ब्रोकर कमिसन बढी भएको गुनासो विभिन्न सरोकारवालाहरुबाट आएको कारणले सोमा अध्ययन गरी कमिसन घटाउने तयारीमा बोर्ड रहेको जानकारी दिए ।

Published Date: 10 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी