‘एक भगवत् गीता’ लाई चलचित्र विकास बोर्डले सेन्सर गर्ने सिफारिश पत्र दिने

‘एक भगवत् गीता’ लाई चलचित्र विकास बोर्डले सेन्सर गर्ने सिफारिश पत्र दिने : Icon Khabar

काठमाडौं, भदौ २४ । अन्ततः सुनिल कुमार थापाद्वारा निर्मित फिल्म ‘एक भगवत् गीता’ लाई चलचित्र विकास बोर्डले सेन्सर गर्ने सिफारिश पत्र दिने भएको छ ।

आइतबार फिल्मको निर्माण पक्ष तथा विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधि बीच भएको छलफलपछि फिल्मको नाम सच्याउने सहमति भएको छ ।

योसंगै अब यो फिल्म ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ शीर्षकमा प्रदर्शन हुनेछ । त्यसका लागि चलचित्र विकास बोर्डले आइतबार नै सेन्सर सिफारिस पत्र दिने भएको छ ।

झरना थापाद्वारा निर्देशित यो फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर आदि कलाकारले अभिनय गरेका छन् ।

Published Date: 10 September 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता