रुसले चीनलाई प्राकृतिक ग्यास आपूर्ति गर्ने पाइपलाइन मार्गलाई छिट्टै अन्तिम रुप दिने

रुसले चीनलाई प्राकृतिक ग्यास आपूर्ति गर्ने पाइपलाइन मार्गलाई छिट्टै अन्तिम रुप दिने : Icon Khabar

मस्को, भदौ २१ । रुसले चीनलाई थप प्राकृतिक ग्यास आपूर्ति गर्ने विशाल परियोजना ‘पावर अफ साइबेरिया २’ पाइपलाइनका लागि मार्गको आफ्नो पक्षलाई छिट्टै अन्तिम रुप दिने बताएको छ ।

युक्रेनमा भएको सैन्य आक्रमणले एसियाली क्रेताहरुको पक्षमा युरोपेली बजारबाट टाढा जान बाध्य पारेपछि मस्कोले अर्को वर्ष पाइपलाइन निर्माण सुरु गर्ने योजना बनाएको छ ।

रुसी पत्रिका इनर्जी पोलिसीलाई दिएको अन्तर्वार्तामा रुसका उपप्रधान तथा ऊर्जा मन्त्री अलेक्जेन्डर नोभाकले भने, “यो अन्तिम चरणमा छ ।” “पाइपलाइन अचिन्स्क शहर नजिकै दक्षिणी साइबेरिया हुँदै मंगोलियन सीमामा पुग्नुअघि क्रास्नोयास्र्क र इरकुट्स्कतर्फ पूर्वतर्फ मोडिनेछ,” नोभाकले भने ।

मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको भ्रमण गर्दा राष्ट्रपति भ्लादिमिर पुटिनले पाइपलाइनका लागि दुई देशबीच ‘सबै सम्झौता’ भइसकेको बताएका थिए ।नोभाकले चिनियाँ नेताको भ्रमणका क्रममा रुसी र चिनियाँ कम्पनीले यस वर्षको अन्त्यसम्ममा पाइपलाइनको सम्झौतामा हस्ताक्षर गर्ने बताउनुभएको थियो ।

तर यसको निर्माण कार्य सम्पन्न गर्ने समय तालिका भने अस्पष्ट छ । हाल, रुसले सन् २०१९ मा सुरु भएको पावर अफ साइबेरिया–१ पाइपलाइनमार्फत उत्तरपूर्वी साइबेरियाबाट चीनतर्फ आफ्नो ग्यास निर्यात गर्दै आएको छ ।

Published Date: 07 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी