त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाउन आईजीपी कुँवरको निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाउन आईजीपी कुँवरको निर्देशन : Icon Khabar

काठमाडौं, भदौ २० । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाउन र तस्करी नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले विमानस्थल सुरक्षा कार्यालयको स्थलगत निरीक्षण र ब्रीफिङका लागि गएको समयमा विमानस्थलबाट सुन, लागुऔषध, अवैध मुद्रा तथा अवैध सामान ओसारपसारका घटना भइरहेका बेला तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका थिए । जनताको चासो र ध्यानाकर्षण भएको छ ।

उनले विमानस्थलबाट यात्रा गर्ने यात्रुको गुनासो सम्बोधन गरी निःस्वार्थ भावनाका साथ नागरिकको सेवा गर्ने र भरपर्दो सुरक्षा प्रदान गर्न पनि ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 September 2023
Website | + posts










ताजा
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा
भक्तपुरमा जात्रा पर्व र पर्यटन प्रवर्द्वनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट