नेपालले बिहीबारदेखि थप १८० मेगावाट विद्युत भारतलाई बिक्री गर्ने

नेपालले बिहीबारदेखि थप १८० मेगावाट विद्युत भारतलाई बिक्री गर्ने : Icon Khabar

काठमाडौं, भदौ २० । दक्षिणी छिमेकीले नेपाली अधिकारीलाई अनुमति दिएपछि नेपालले बिहीबारदेखि थप १८० मेगावाट विद्युत भारतलाई बिक्री गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीका अनुसार भारतको मन्त्रिपरिषद्को बैठकले नेपालबाट थप विद्युत् खरिद गर्ने निर्णय गरेको हो । ‘मन्त्रिपरिषद्को निर्णयसँगै भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्राधिकरणलाई यो लाइनको प्रक्रिया अगाडि बढाउन भनेको छ ।”

हालसम्म भारतले वर्षायाममा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन प्रयोग गरी विभिन्न १० आयोजनाबाट उत्पादित ४५२ मेगावाट मात्र जलविद्युत नेपाललाई बिक्री गर्न अनुमति दिएको छ । नयाँ विकाससँगै उक्त प्रसारण लाइनले अब भारतलाई थप ११० मेगावाट विद्युत् आपूर्ति गर्नेछ ।

नेपालले सोलुखोला (दुधकोशी) र दोर्दीखोला जलविद्युत् आयोजनाबाट उत्पादित ११० मेगावाट विद्युत भारतलाई बिक्री गर्ने भएको छ । भारतीय प्राधिकरणले यो बिजुली हरियाणालाई बेच्ने बताइएको छ।

त्यस्तै, बाँकी ७० मेगावाट १३२ केभी टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट आपूर्ति हुनेछ । माथिल्लो कलंगा गाड र चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् नेपालले आपूर्ति गर्नेछ ।

गत वर्ष जुनदेखि डिसेम्बरसम्म नेपालले भारतलाई ११ अर्ब रुपैयाँको विद्युत् बिक्री गरेको थियो । पर्याप्त मात्रामा विद्युत् निर्यात गर्न नसक्दा मुलुकले दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर जाने गरेको छ ।

नेपालले सन् २०३० सम्म १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ भने अर्कोतर्फ भारतले सन् २०७० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य राखेको छ भने त्यसका लागि नवीकरणीय ऊर्जाको प्रयोग आवश्यक छ ।

Published Date: 06 September 2023
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ