पाटनको कृष्ण मन्दिरमा भीड, ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइदै

पाटनको कृष्ण मन्दिरमा भीड, ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइदै : Icon Khabar

काठमाडौँ, भदौ २० । श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्ने दर्शनार्थीको ललितपुरको पाटन कृष्ण मन्दिरमा भीड लागेको छ । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।

ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोह रात्रि’ भनिन्छ । विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्ति योग, ज्ञान योग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

आज कृष्ण मन्दिरको दर्शन गर्न राष्ट्रप्रमुख पनि जाने चलन रहेको छ । श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्ने दर्शनार्थीको ललितपुरको पाटन कृष्ण मन्दिरमा भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 September 2023
Website | + posts
ताजा
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर
नेपालमा आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु
उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन, चिसो बढ्दै


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न