सरकारसँग भएको कुल खाद्यान्न मौज्दात १ लाख ७० हजार ८०२ क्विन्टल

सरकारसँग भएको कुल खाद्यान्न मौज्दात १ लाख ७० हजार ८०२ क्विन्टल : Icon Khabar

काठमाडौँ, भदौ १९ । सरकारले १ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । मंगलबार उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारसँग कुल खाद्यान्न मौज्दात १ लाख ७० हजार ८०२ क्विन्टल रहेको जानकारी गराए ।

उनले सुगम जिल्लामा ४४ हजार ६ सय ८२ क्विन्टल र दुर्गम जिल्लामा १४ हजार ४८२ क्विन्टल चामल मौज्दात रहेको बताए । त्यस्तै बोलपत्र माध्यमबाट खुला बजारमा प्राप्त भइरहेको चामल ७२ हजार ६८४ क्विन्टल गरी जम्मा १ लाख ३१ हजार ८४९ क्विन्टल चामल मौज्दात रहेको उनले जानकारी दिए । धान मौज्दात ४ हजार ६ सय ३२ क्विन्टल, भारतबाट आयात कोटा अन्तर्गत प्राप्त हुने गहुँ ३४ हजार ३२० क्विन्टल गरी कुल १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मौज्दात रहेको उनले बताए ।

उनका अनुसार मौज्दात रहेको खाद्यान्नबाट ३ महिनासम्मको आवश्यकताको परिपूर्ति हुनेछ । भारतीय सरकारलाई १० लाख टन धान, १ लाख टन चामल र ५० हजार मेट्रिक टन चिनी नेपालमा पठाउनका लागि पत्राचार गरिएको र छिट्टै नै सो खाद्यान्न आउने उनले बताए ।

नेपाल आयल निगमको ६९ हजार १९२ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात क्षमता रहेकोमा हाल ५१ हजार ५५७ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात रहेको जानकारी गराइएको छ । डिजेल ८ दिन, पेट्रोल ५ दिन र हवाइ इन्धन १३ दिनलाई धान्न सक्ने अवस्थामा रहेको सचिव मरासिनीले बताए । खाना पकाउने एलपी ग्यास निजी क्षेत्रको भण्डारण क्षमताले करिव ७ दिनलाई पुग्ने अवस्था रहेको मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 September 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न