सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्छु: बालेन साह

सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्छु: बालेन साह : Icon Khabar

काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले संघीय सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् ।

सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले मंगलबार बिहान सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मेयर साहले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुनसक्ने उल्लेख गर्दै एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताएका छन् ।

उनले आगामी तीन वर्षभित्र सिकाइ सुविधाका लागि हरेक वडामा बलिङ नेट राख्ने निर्णय यसअघि नै गरिसकेको पनि स्मरण गराए ।

‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं । यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ,’ बालेनले भनेका छन् – ‘एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ । त्योबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको तीन वर्षमा सकेसम्म हरेक वडामा एक हुनेगरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 September 2023
Website | + posts










ताजा
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा
भक्तपुरमा जात्रा पर्व र पर्यटन प्रवर्द्वनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट