क्रिप्टो कारोबारमा संलग्न व्यक्ति पक्राउ

क्रिप्टो कारोबारमा संलग्न व्यक्ति पक्राउ : Icon Khabar

काठमाडौं, भदौ १८ । क्रिप्टो (Binance) कारोबारमा संलग्न रहेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-४ पासिकोट बस्ने सिन्धुपाल्चोक वलेफि गाउँपालिका-३ ठेगाना भएका २७ वर्षीय पुरूषोत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सेलर ग्रुपमा आवद्ध भई Binance ID खोली USDT (क्रिप्टो) खरिद बिक्रीको लागि सम्झौता गरी विभिन्न व्यक्तिहरूको Binance ID $ 3,726.98 (USDT) बराबरको राखी सोही Binance ID बाट विभिन्न व्यक्तिहरूखो बैंक खाता लगायत वालेटहरूमा रकम ट्रान्सफर गरी क्रिप्टो कारोबार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न कार्कीलाई पक्राउ गरेको हो ।

उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

Published Date: 05 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी