खाली पेटमा लसुन खानुमा फाइदै फाइदा

खाली पेटमा लसुन खानुमा फाइदै फाइदा : Icon Khabar

काठमाडौँ, भदौ १९ । हाम्रो तरकारी स्वादिलो बनाउन हामी लसुनको प्रयोग त गरिरहेका हुन्छौँ । तर, यसको औषधीय गुणका विषयमा धेरैलाई थाहा नहुन पनि सक्छ । आयुर्वेदले त लसुनलाई औषधी नै मानेको छ । बिहान खाली पेटमा लसुन खाँदा झन् धेरै फाइदा हुन्छ । खाली पेटमा लसुन खानुका पाँच फाइदा यस्ता छन्-

उच्च रक्तचापबाट छुटकारा
विहान खाली पेटमा एक पोटी लसुन खाँदा उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्धत पुग्छ । लसुनले हाम्रो रगतको सर्कुलेसनलाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।

पेटका बिमारी हटाउन
लसुन खानाले उच्च रक्तचापबाट छुटकारा पाउने मात्र होइन, पेटसँग जोडिएका समस्याहरु समाधानमा पनि ठूलो सहयोग पुग्छ । त्यसको रोकथामका लागि लसुन अत्यन्त उपयोगी मानिन्छ । पानी उमालेर त्यसमा लसुनको पोटी हालेर खाली पेटमा खाँदा झाडापखालाबाट पनि छुटकारा पाइन्छ ।

मुटु हुन्छ स्वस्थ
लसुनले मुटुसँग सम्बन्धित समस्यालाई पनि हटाउँछ । लसुन खानाले हाम्रो रगत जम्ने समस्याबाट छुटकारा मिल्छ र हृदयघात हुने सम्भावना पनि कम हुन्छ ।

पाचन प्रणाली हुन्छ बलियो
खाली पेटमा लसुनको पोटी खानाले हाम्रो पाचन प्रणालीमा निकै सुधार हुन्छ । यसले भोक नलाग्नेहरुलाई पनि भोक जगाउँछ ।

धेरै रोगको निवारण
लसुन खाली पेटमा खानाले चिसो, खोकी, निमोनिया, ब्रोकाइन्टिसलगायतका समस्याबाट पनि हामीलाई मुक्ति मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 September 2023
Website | + posts










ताजा
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा
भक्तपुरमा जात्रा पर्व र पर्यटन प्रवर्द्वनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट