इनास अपी स्र्पोट्स जुनियर ब्याडमिन्टन हुने

इनास अपी स्र्पोट्स जुनियर ब्याडमिन्टन हुने : Icon Khabar

काठमाडौँ, पुष २५। नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा यसै साता इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्ट च्याम्पियनसिप हुने भएको छ ।

योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यु– १५, यु– १३ र यु– ११ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा गराईने इनासका प्रोपाईटर राजु बास्तोलाले जानकारी गराए । लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराईज मार्फत प्रायोजन तथा खेलाडीहरुलाई सहयोग पु¥याउँदै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्धेश्यले अन्तराष्ट्रिय स्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई महत्वमा राख्दै च्याम्पियनसिप आयोजना गर्न लागिएको जानकारी गराए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा एनआरइएसको सह–प्रायोजन रहेको च्याम्पियनसिप पौष २८ देखि ३० गते सम्म बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा आयोजना हुने छ । च्याम्पियनसिपमा करिव १५० खेलाडीहरुको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताए ।

च्याम्पियनसिपमा विजयी हुने खेलाडीहरुले मेडल, ट्रफी प्रमाणपत्रका साथ यु– १५ तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने छन् । क्वाटरफाईनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै यु– १३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाईनलिष्टले २ हजार र प्रिक्वाटरफाईनलिष्टले १ हजार २ सय प्राप्त गर्ने छन् । यु–११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2023
Website | + posts