शेयर बजारमा सोमबार पनि हरियाली

शेयर बजारमा सोमबार पनि हरियाली : Icon Khabar

काठमाडौँ, पुष २५ । सोमबार नेप्से परिसूचक ४७.१५ अंक बढेर २२११.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। आइतबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा सोमबार २५७ स्टकको ७४ हजार ५४३ पटकको कारोबारमा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ। जलविद्युत कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै यस उपसमूहको परिसूचक पनि सबैभन्दा बढी बढेको हो। यस दिन विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2023
Website | + posts