साँसद बराललाई राखेप कर्मचारी संघको बधाई तथा शुभकामना

साँसद बराललाई राखेप कर्मचारी संघको बधाई तथा शुभकामना : Icon Khabar

काठमाडौँ, पुष २५। हालै सम्पन्न आम चुनाव मार्फत गण्डकी प्रदेश सभामा निर्वाचित हुन सफल राष्ट्रिय खेलकुद परिषद्का पूर्व कर्मचारी माननिय प्रकाश बराललाई सोमबार राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ । साँसद बराल राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पूर्व उपाध्यक्ष र सचिव समेत रहिसकेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बरालले राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहँदा गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि बरालले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ खादा, माला लगाएर सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।

साँसद बरालले सार्वजनिक जीवनमा खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै खेलकुदकै कारण समाजमा प्रतिष्ठित भएको र यसैका कारण निर्वाचनमा जित प्राप्त गर्न सफल भएको भन्दै खेलकुद क्षेत्र र कर्मचारी साथीहरुको सदा माया र ममता पाईरहने विश्वास ब्यक्त गर्दै आगामी दिनमा अझ उदाहरणिय कार्य गर्न प्रेरणा मिल्ने बताए ।

कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले साँसद बरालले खेलकुदमा कार्य गर्दा र कर्मचारी संघमा रहेर कार्य गर्दा सदा खेलकुद र कर्मचारी हकहितका लागि समर्पित रहेको भन्दै आगामी दिनमा सामाजिक तथा राज्यको नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको भन्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागिय प्रमुखहरु तथा कर्मचारीहरुले साँसद बराललाई माला, खादा र अविर लगाई बधाई तथा शुभकामना ब्यक्त गरे ।

Published Date: 09 January 2023
Website | + posts




















ताजा
छोरी आयंकालाई प्रियंकाले लगाइदिइन् भाइटीका, सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस
‘३ किलो बंगुर र २ किलो कुखुराको मासु मात्रै किनेको हुँ’ : मन्त्री पुन
सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन, ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ता सहभागी
आज दिउँसो देशको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?